जेठ ७, नवलपरासी । कोरोना भाईरस (कोभिड १९) को महामारीका कारण नगर क्षेत्र लकडाउन रहेको अवस्थालाई दृष्टिगत गरी सुनवल नगरपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिले बैक तथा वित्तिय संस्था हप्ताको दुई दिन मात्र खोल्ने स्ुचना जारी गरेको छ ।
विपद् व्यवस्थापन समितिको मिति २०७७/२/६ गतेको बैठकबाट नगर क्षेत्रका बैंक, सहकारी लगायतका बित्तीय संस्थाहरु हप्तामा दुई दिन (आईतवार र बिहिवार) विहान ११ः०० बजे देखि अपराह्न १ः०० बजे सम्म खुला गरी सेवा प्रवाह गर्नुपर्ने निर्णय भएको हो । नगरपालिकाले उक्त निर्णय वमोजिम आवश्यक स्वास्थ्य सावधानी अपनाउनुका साथै सामाजिक दुरी कायम गरी नगर क्षेत्रका बैंक तथा बित्तीय संस्थाहरुले तोकिएको दिन र समयमा मात्र सेवा प्रवाह गर्नुपर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशित गरेको हो ।
