• २०८३ भाद्र २१ गते आइतवार

२ हप्ताका लागि देशभरका अदालत बन्द

बन्दी प्रत्यक्षीकरणका रिटहरु नरोकिने
खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र ७, काठमाडौं । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु आइतबारदेखि दुई साता बन्द हुने भएका छन् । आज सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आगामी चैन २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने कारवाही रोकिने छैन । बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरुको सुनवाई दुई साता रोकिने सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस