• २०८२ जेष्ठ ३० गते बिहिवार

सूचना तथा सञ्चारमा खतिवडा र शहरी विकास मन्त्रालयमा नेम्वाङ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ८, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दिएको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गनुभएको छ ।

बाँस्कोटाको राजीनामा स्वीकृतपछि सुचना तथा सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडाले र शहरी विकास मन्त्रालयको जिम्मा भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङले सम्हाल्ने भएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्वीस कम्पनीका एजेन्टसँग कमिसनका विषयमा छलफल भएको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले बिहीबार नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस