- राम बिश्वकर्मा, खबर24नेपाल सुदुरपश्चिम ब्युरो
माघ ६, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा न १ द्धारा वडामा भएका गरिव, असाहय, अपाङ्ग जेष्ठ नागरिकलाइ न्यानो लुगा बितरण गरेको छ । वडा अध्यक्ष मनराज शाहिको सभापतित्व संगै सुरु भएको कार्यक्रमका प्रमुख अतिथी नेपाल कम्युनिष्ट पाटी नगर कमिटी सचिव खकेन्द्र हमाल रहनु भएको थियो । त्यस्तै बिशिष्ट अतिथी शिक्ष्ँक बक्त बहादुर शाहि रहनुभएको थियो ।

चिसो मौसम न्यानो लुगा दिएर वडा कार्यलयले निकै राम्रो काम गरेको वडा न १ लक्ष्मीपुरका एक अपाङ्ग बृद्ध मोहोनबिर टमट्टा बताउनु भयो । आफनो घरको आर्थिक अवस्था निकै कमजोर भएका वेला वडाबाट न्यानो कपडा पाउदा निकै खुशि भएको बताए । कार्यक्रममा बोल्दै वडाध्यक्ष मनराज शाहिले शितलहर र चिसो बढेसंगै चिसो बाट जेष्ठ नागरिक बढि प्रभावित हुने भएकाले वडामा भएका गरिब, असाहय, अपाङ्ग जेष्ठ नागरिकलाइ न्यानो लुगा बितरण गरेको बताउनु भयो । प्रत्येक बर्ष आफुले चिसो मौसममा जेष्ठ नागरिकलाइ न्यानो लुगा बितरण गर्दै आएको छु । आफनो कार्यकाल सम्म थप आगामी बर्ष यो कार्यक्रमलाइ निरन्तरता दिइरहने अध्यक्ष शाहि बताउनुभयो ।

कार्यक्रममा वडा भित्र बिभिन्न टोलहरुका ३५ जना गरिब, असाहय, अपाङ्ग जेष्ठ नागरिकलाइ न्यानो लुगा बितरण गरेका वडा सचिब प्रेम सुनारले बताए ।