माघ , ६ ललितपुर । ललितपुरबाट प्रहरीले रेडपाण्डाको छालासहित तीन जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका-१७ ग्वार्कोबाट जाजरकोट बारेकोट नगरपालिका-५ का २० वर्षीय हेमराज बिक, वडानम्बर ४ का २० वर्षीय तिलक बस्नेत र जाजरकोटकै नलगाड नगरपालिका-५ का २३ वर्षीय राजेन्द्रलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुबाट रेडपाण्डाको एक थान छाला बरामद गरिएको प्रहरीले जनाएको छ ।