मोरङको कटहरीमा डुबेको अबस्थामा शव फेला
माघ ६,विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–३ मा पानी जमेको खाल्टोमा डुबेर मृत्यु भएको अवस्थामा सोमबार बिहान एक जनाको शव फेला परेको छ ।
कटहरी गाउँपालिका–७ का ४५ वर्षीय विकास सरदारको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए । उनकाअनुसार आइतबार साँझ घरबाट हिँडेका सरदार नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा कलर माझीको खेतमा रहेको पानी जमेको खाल्टोमा सोमबार बिहान शव फेला परेको हो ।

मापसे (मादक पदार्थ सेवन) गरेर हिँड्ने गरेका उनी चिप्लिएर खाल्टोमा परेको र बाहिर निस्कन नसक्दा मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
Post Views: 52
Sharing