• २०८३ बैशाख ११ गते शुक्रवार

स्थान परिचय : नेपालगंज उप–महानगरपालिका

पढ्न लाग्ने समय : २ मिनेट

मध्यपश्चिमाञ्चल बिकास क्षेत्रको केन्द्र बिन्दु तथा प्रमुख ब्यापारिक शहर बाँके जिल्लामा अवस्थित पश्चिम नेपालको द्धार, नेपालगञ्ज नगरी, नेपालकै नामबाट स्थापना भएको प्रमुख शहरको रुपमा परिचित स्थान हो ।

यो शहर बिक्रम सम्बत २०१७ सालमा नेपालगञ्ज नगर पञ्चायतका नामबाट स्थापना भई २०१९ सालमा नगरपालिकाको रुपमा स्थापित भएको हो । नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७१ मंसीर १६ गतेको निर्णयबाट साविकका १० वटा गा.वि.स. गाभेर २७ वटा वडा कायम गरि नेपालगंज उप–महानगरपालिका घोषणा गरिएको र मिति २०७२।६।१ को निर्णयबाट पुरैनी गा.वि.स. गाभेर २८ वडा कायम गरिएको छ र मिति २०७३/११/२७ को निर्णय अनुसार साविकका २८ वडा परिमार्जन भई २३ वटा वडा कायम गरिएको छ |

२३ वडाको, कुल क्षेत्रफल क्षेत्रफल ८५.९४ वर्ग किलोमिटर रहेको छ । पुर्व – पश्चिम राजमार्गबाट १० किलोमिटर दक्षिणमा पर्ने नेपाल भारत सिमा नाकासंग जोडिनु यो शहरको अर्को बिशेषता पनि हो । सुदुर पश्चिमाञ्चलका सबै जिल्लालाई राजधानी काठमाण्डौं संग जोडने जिल्लाको पहिलो नगरपालिका भएकै कारणले पनि यस उप– महानगरपालिकाको महत्व आफैंमा बढेको छ । यहाँको पुरानो बजारको रुपमा एक्लैनी बजारलाई मानिन्छ । त्यसै गरि प्रमुख बजारका रुपमा सदरलाईन, त्रिभुवन चौक, बि.पी. चौक, धम्बोजी चौक, घरबारी टोल तथा सुर्खेतरोडलाई मानिन्छ ।

तापक्रम जाडो मौसममा न्युनतम ५.४ डिग्री सेल्सीयस तथा गर्र्मी मौसममा अधिकतम ४६ डिग्री सेल्सीयस सम्म हुने गर्दछ । राजधानी काठमाण्डौंबाट करिव ६०० किलोमिटर पश्चिमको दुरीमा रहको नेपालगंजको भुभाग ८१ड्ढ १७ु २४ पुर्वदेखि ८२ड्ढ ४८ु ०० पुर्वी देशान्तर र २७ड्ढ ३०ु ३६ उत्तरदेखि २८ड्ढ १२ु ०० उत्तरी आक्षांश बिच रहेको छ । यहाँका पर्यटकिय क्षेत्रहरु वाटरपार्क, (९६.०१ हेक्टर क्षेत्रफल) बागेश्वरी तलाउ, (९०.६५ हेक्टर क्षेत्रफल) रानी तलाउ, (९०.६६ हेक्टर क्षेत्रफल) फुल्टेक्रा तलाउ, (९६.९४ हेक्टर क्षेत्रफल) महेन्द्र पार्क तथा मिनी जु (९१.२ हेक्टर क्षेत्रफल) र बागेश्वरी चिल्ड्रेन पार्क (९१.३ हेक्टर क्षेत्रफल) क्षेत्रफलमा रहेका छन ।

यस नेपालगञ्ज उप–महानगरपालिका क्षेत्रसंग सिमाना जोडिएका पालिकाहरु पूर्वमा– डुडुवा गाउपलिका, पश्चिममा– जानकी गा

Sharing

प्रतिक्रिया दिनुहोस