• २०८३ भाद्र १ गते सोमवार

बुद्ध र यति एयरलाइन्सका जहाज ठोक्कियो

पढ्न लाग्ने समय : १ मिनेट

माघ ६,काठमाडौं । त्रिभुवन विमानस्थलबाट जनकपुर जान लागेको बुद्ध एयरको जहाज यति एयरलाइन्ससँग ठोक्किएको छ ।

बुद्ध एयरको जहाज यति एयरलाइन्सको रोकिराखेको जहाजसँग सोमबार बिहान ठोक्किएको विमानस्थल प्रहरीले जानकारी दिएकाे छ ।

ठक्करबाट दुवै जहाजमा सामान्य क्षति भएको बताइएकाे छ । जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द भएको छ । यता, विमानस्थल प्रहरीले बुद्ध एयरको जहाजले यति एयरलाइन्सको जहाजलाई छोएकाे मात्र बताएकाे छ ।

Sharing

प्रतिक्रिया दिनुहोस