• २०८३ बैशाख २७ गते आइतवार

आज काठमाडौँका विभिन्न स्थानमा विद्युत अवरूद्ध हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ४, काठमाडौँ । आज काठमाडौँका बालाजु ‌औद्योगिक क्षेत्र १ र २, ढुंगेधारा, महाराजगन्ज, नयाँ बजार र धर्मस्थलीमा तीन घण्टा विद्युत अवरूद्ध हुने भएको छ ।

नेपाल विद्युत प्रधिकरणका अनुसार बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्न विद्युत अवरूद्ध गर्न लागेको हो । यी स्थानमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।

साथै सो कार्य निर्धारित समयअघि नै सम्पन्न भएमा छिटो लाइन सुचारू हुन सक्ने प्राधिकरणले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस