कार्तिक ३, काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । सभापति देउवाले संसद सचिवालयले दशैंभत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम फिर्ता गर्न निर्देशन दिएका हुन् ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले यो वर्षको दशैंभत्ता सरकारलाई फिर्ता गर्ने भनेर नेपाली कांग्रेस पार्टीको निर्देशन रहेको र त्यही अनुसार गर्ने जनाएका छन । उक्त फिर्ता गरिएको रकम कोभिड नियन्त्रण र जनताको उपचारमा सरकारले खर्च गरोस् भन्ने नेपाली कांग्रेसको आग्रह रहेको जनाइएको छ ।