• २०८३ बैशाख २८ गते सोमवार

अष्टदल र भैरवको मूर्तिमा प्रयोग गरिएको २ किलो सुन मन्दिरमै ‘खिइयो’

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ३ ,काठमाडौँ । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेका अष्टदल र भैरवको मूर्तिमा प्रयोग गरिएको सुन एक सय ७३ तोला कम पाइएको छ । अष्टदलमा तीन सय ७९ तोला र भैरवमा तीन सय ३४ तोला थियो । अष्टदलमा ८५ र भैरवमा ८८.५ ९जम्मा १७३.५० तोला कम भएको पाइएको हो ।

 

 

पशुपति क्षेत्र विकास कोषले २ वर्षअघि नै यसबारे थाहा पाएर सोध्दै गुह्यश्वरीका पुजारीलाई पत्राचार गरेको थियो तर, लामो समय त्यसलाई गुपचुप राखियो । कोषका पदाधिकारीलाई घटस्थापनाका दिन बर्षेनि गरिने पर्वपूजामा यसपटक पुजारीले रोके ।

त्यससँगै सुन हराएको प्रसंग पुनः खोतलिएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस