असोज ३, काठमाडौँ । थप १ हजार २ सय ४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६२ हजार ७ सय ९७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार ३ सय ३३ नमुना परीक्षण गर्दा १ हजार २ सय ४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १ हजार ४ सय ४७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४५ हजार २ सय ६७ जना रहेको छ ।