• २०८३ बैशाख ९ गते बुधवार

निवर्तमान कार्यकारी निर्देशक घिसिङद्वारा आफ्नो पक्षमा भएको प्रदर्शनप्रति ध्यानाकर्षण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कुलमान घिसिङले आफ्नो पक्षमा संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । पुनर्नियुक्तिको माग गर्दै कुलमान समर्थकहरुले प्रदर्शन गर्दै आएकोमा घिसिङले शनिबार एक विज्ञप्तिमार्फत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने विश्वास लिएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘नेपाल सरकारले मलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु । प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नै पर्छ । प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ ।

Sharing

प्रतिक्रिया दिनुहोस