आश्विन ३ , काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट अहिलेसम्म विश्वमा ९ लाख ५६ हजार ३५० जनाको मृ’त्यु भएको छ भने ३ करोड ६ लाख ९० हजार ५७६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २ करोड २३ लाख ३३ हजार ५७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६१ हजार ४०१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण मृ’त्यु हुनेको संख्या २ लाख ३ हजार १७१ जनाको मृत्यु भएको छ भने ६९ लाख २५ हजार ९४१ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ४१ लाख ९१ हजार ८९४ जना संक्रमण मुक्त भएका छन् भने २५ लाख ३० हजार ८७६ जना उपचाररत छन् । त्यस्तै १४ हजार १७९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म १४ हजार ९१२ जनाको मृ’त्यु भएको छ भने ७ लाख ७९ हजार ९४५ जनालाई संक्रमण भएको छ ।