• २०८३ बैशाख २५ गते शुक्रवार

महामारीलाई अवसरमा परिणत गरेर अगाडि बढ्नुपर्छ : प्रधानमन्त्री

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

आश्विन ३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गरेका छन । प्रधानमन्त्री ओलीले संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कोरोना संक्रमणको महामारीलाई अवसरका रुपमा परिणत गरेर अगाडि बढ्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले सरकारले महामारीको कठिन अवस्थालाई अवसरमा बदल्न आवश्यक संरचना खडा गरेर अगाडि बढिरहेको बताएका छन् । कोरोना नियन्त्रणमा सरकारले उल्लेख्य काम गरेको दाबी गरेका हुन् । नेपालमा पहिलो केस फेला पर्दा हङकङमा परीक्षण गर्न पठाउनुपरेको स्मरण गराउँदै अहिले मुलुकभित्र ४८ ठाउँबाट पीसीआर र आरडीटी परीक्षण भइरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले दुई हजार रुपैयाँ शुल्कमा कोरोना परीक्षण गरिराखिएको बताउँदै कुल जनसंख्याको दुई प्रतिशतको कोरोना जाँच गर्ने सरकारको लक्ष्य पूरा हुन लागेको पनि बताए । “डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो,” उनले भने, “तर कोरोना नियन्त्रणमा उत्साहपूर्ण प्रगति देखापरेको छ ।”

Sharing

प्रतिक्रिया दिनुहोस