असोज 3, काठमाडौ । उपत्यकामा आज हुने कार्यक्रमहरू ।
१.हिजो मिति २०७७/०६/०२ गते माइतीघर मण्डलाको शान्तिपुर्ण आन्दोलनामा प्रहरीले दमन गरी हेम राज थापा र मनिश श्रेष्ठलाई लगायत अन्य व्यक्तिहरूलाई घाइते बानाएको विरोधमा विरोध प्रदर्शन गर्ने ।
स्थान :- दरबारमार्ग ।
समय :- ९:०० बजे ।
२.वीर गोर्खाली अभियानले संविधानको विरोधमा कालो दिन मनाउने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।
३.नेपाली काङ्ग्रेस (वी.पी.) ले नेपालको संविधान नेपाली जनताको नभई विदेश बाट आयत गरिएको संविधान भएको ठहरगरी संविधान को विरोधमा मसाल जुलुस निकाल्ने ।
स्थान :- नखुलेको ।
समय :- नखुलेको ।
४.मंगोल नेशनल अर्गनाईजेशन डा.गोपाल गुरुङ ले संविधानले ८०% अहिन्दु मुलवासी मगोलहरूको हक,अधिकार,स्वतन्त्रता र सार्वभौमिकता अधिकार बाट वंचित गरेकोले संविधान को विरोध गर्ने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।
५.संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पहिचान सहितको १० +१ प्रान्तहरुलाई निषेध गरेर २०७२ असोज ३ गते घोषणा गरिएको संबिधानलाइ संसोधन गराउनको लागि असोज ३ गतेलाइ कालो दिनको रुपमा मनाउने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।
६.जनता समाजवादी पार्टी नेपालले संविधानमा विभेदकारी प्रावधान राखेको हुँदा विभेदकारी एवंम त्रुटिपूर्ण प्रावधानहरू परिवर्तनका लागि शान्तिपुर्ण विरोध प्रदर्शन गर्ने साथै १५ मिनेट बत्ती बन्द गरि कालो दिन मानाउने ।
स्थान :- देशको मुख्य सहरहरू
समय :- १८:३० देखि १८:४५ बजे सम्म बत्ती बन्द गर्ने ।
७.थरुहट थारुवान राष्ट्रिय मोर्चाले अपुरो,अधुरो र बिभेदकारी संविधान मान्दैनौं भनि संविधानको विरोधमा कालो दिन मनाउने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।
८.जनमत पार्टीले निकट जनमत विद्यार्थी संघले संविधान को विरोधमा ७ मिनेट बत्ती निभाएर कालो दिन मनाउने ।
स्थान :- देशभर ।
समय :- १९:०० बजे देखि १९:०७ बजे सम्म ।
९.स्वतन्त्र राष्ट्रिय अभियान, नेपाल संविधानको मर्म र भावना मरेकोले सामूहिक रुपमा रुने संविधानको साङ्गे कार्यक्रम गर्ने ।
स्थान :- माइतीघर मण्डला ।
समय :- नखुलेको ।
१०.हाम्रो नेपाल हामी नेपाली अभियानले कुलमान घिसिङ्ग को पून नियुक्तिको लागि जन दबाब स्वरूप मिति २०७७/०५/२९ गते देखि हरेक दिन ५ मिनेट बत्ति निभाएर एकेबद्धता जनाउने ।
स्थन :- देशभर ।
समय :- २०:०० बजे देखि २०:०५ बजे सम्म ।
११.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।