• २०८३ बैशाख ३० गते बुधवार

चितवनमा थप ३० जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३,चितवन ।  भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनको भरतपुर महानगरपालिकाका १२ जना, खैरहनीका ५ जना, राप्ती नगरपालिकाका २ जना र रत्ननगरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।रतपुर अस्पताल, मौलाकालिका अस्पताल र नारायणी सामुदायिक अस्पतालबाट लिइएको स्वाबमा भरतपुरका ५ पुरूष र ७ महिला गरी १२ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

खैरहनी नगरपालिका–३ का पाँच जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये एकजना मंगलबार विहान निधन भएकी १०८ वर्षीया वृद्धा हुन् । अन्य चार जना संक्रमित ती वृद्धाको हेरचाहमा खटिएका महिला हुन् । उनीहरु होम क्वारेन्टिनमा थिए । राप्ती नगरपालिका–४ र ५ का २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल र नारायणी सामुदायिक अस्पतालबाट गरिएको स्वाब संकलनमा १९ र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै रत्ननगर नगरपालिका–१० का २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । ती पुरुषको चितवन मेडिकल कलेजबाट स्वाब संकलन गरिएको थियो ।भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा मंगलबार राति १२ बजेसम्म ५०० नमुना परीक्षण गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस