• २०८३ बैशाख १४ गते सोमवार

जिल्ला अदालतका कर्मचारी घुस सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ६, कास्की । जिल्ला अदालत, कास्कीमा कार्यरत श्रेष्तेदार लोकनाथ पराजुलीले अदालतमा विचाराधिन मुद्दामा नियन्त्रणमा लिएको गाडी छुटाईदिने प्रयोजनकालागि विभिन्‍न बहानामा घुस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीलेउनलाई ३०००० घुस रकम सहित पक्राउ गरेको छ ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार लोकनाथ पराजुलीलाई सेवाग्राहीसँग रु। ३०,०००।– घुस बापतको रकम लिईसकेको अवस्थामा रकमसहित पोखराको पर्स्याङ्ग चोक नजिकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस