चैत्र ०६, काठमाडौं । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली हुने र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । अपरान्हपछि मध्य र पश्चिमी पहाडी भु-भागका १-२ स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै राती देशभर सामान्यतया मौसम सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको छ ।