- कपिल लामिछाने
माघ ५, दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले पर्यटन बर्ष २०२० लाई मनाउने गर्ने क्रममा आज फ्रान्सेली नागरिक जाेली सेम्सलाई कार्यलयमा बाेलाई फुलमाला र अबिर लगाई स्वागत गरेकाे छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वली, वडा सचिव दीपा सुबेदी, पर्यावरणीय दिगाे बिकास एवम् अनुसन्धान केन्द्र नेपालका अध्यक्ष डिल्ली बहादुर रावत, वडा कार्यालयका कार्यालय सहायक सरद कुमार रेग्मी, बिष्णु रेग्मी लगाएतले सेम्सलाई स्वागत गर्दै फुलमाला लगाईदिनु भएकाे थियाे । उक्त अबसरमा पर्यावरणीय दिगाे बिकासका अध्यक्ष डिल्ली बहादुर रावतले २०२० लाई सरकारले पर्यटन बर्ष मनाईरहदा यसरी आफ्नै वडामा बिदेशी पाहुनालाई स्वागत गर्न पाउँदा निकै खुसी भएकाे बताउदै दाङमा रहेका पर्यटकिय क्षेत्रकाे बिकासका लागी उहाँलाई सबै कुरा अबगत गराउदै समय मिलेकाे खण्डमा दाङका बिभिन्न ठाउँमा घुमाउन समेत लगिने रावतले बताउनुभयाे ।
साेहि क्रममा बाेल्दै वडा अध्यक्ष वलीले यस वडा कार्यालयले यसैगरी बर्षभरि नै आउने पर्यटकहरुलाइ स्वागत गर्दै कति पर्यटनहरु तुलसीपुर उपमहानगरपालिका भित्र आउछन भनेर डाटा समेत संकलन गर्ने उहाँले बताउनुभयाे । कार्यक्रममा वडा सचिव दीपा सुबेदी कार्यालय सहायक सरद कुमार रेग्मी लगाएले आफ्ना- आफ्ना धारणा राख्नुभएकाे थियाे ।