वि.सं. २०७६ माघ ०५ गते आइतबार तदनुसार ई. सं. २०२० जनवरी १९ तारिख, परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४०, (पोहेलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५८ बजे र सूर्यास्त : साँझ ०५:३२ बजे ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफन्त मिलनले सुख दिनेछ । पैसो कमाउने योगका साथै पाहुनाको आगमनले मन हर्षित रहला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कामहरु पनि सजिलैसंग बन्ने छन् । साथै टाढाको यात्रा हुने योग छ, ब्यापारबाट सामान्य नाफा होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शरिरमा रोगले सताउला । धनमाल हराउनाले मनमा पिडा थपिने छ, सजक रहनु होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काममा कठिनाइ सहनु पर्नेछ । काम विग्रन सक्छ, रुपैया पैसाको लेनदेन पनि खासै राम्रो छैन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काम बन्नाले सुखको अनुभव हुन्छ । पठन पाठनमा मन जानेछ, घरायसी काममै दिन जाने देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । काममा जोश र जागँर बड्ने देखिन्छ । आर्थिक लाभ पनि होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला, अनौठो समाचार पनि सुन्न पाइएला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । साथै खुसीको खबर प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अल्झेका कामहरु अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुनेछ, टाढाको यात्राको पनि योग रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यर्थको खर्च हुनेछ, खर्च घटाउने प्रयास गर्नु होला । खानामा पनि एकदमै सावधान रहनु होला । रोग लाग्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा मामिलामा विजयी भइनेछ, अन्नलाभ पनि होला ।