• २०८३ असार ५ गते शुक्रवार

फिफा बेस्ट अवार्ड : लेवान्डोस्की

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ३, जर्मन । जर्मन क्लब बायर्न म्युनिखबाट खेल्ने पोलिस फरवार्ड रोवर्ट लेवान्डवस्की वर्षको उत्कृष्ट खेलाडी बनेका छन् । विश्व फुटलको सर्वोच्च संस्था फिफाले प्रदान गर्दै आएको दी बेस्ट फिफा अवार्ड जित्दै लेवान्डोस्की विश्वकै उत्कृषट खेलाडी घोषित भएका हुन् ।

अन्तिम मनोनयनमा परेका लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्कीले पहिलो पटक यस अवार्ड जितेका हुन् । पोल्याण्डका फरवार्डले गत वर्ष ४७ खेलमा ५५ गोल गरेका थिए । यस्तै बायर्नले युरोपियन च्याम्पियन्स लिग बुण्डेसलिगा जर्मन कप लगायत पाँच उपाधि जित्दा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

३३ वर्षीय फरवार्डले बिहीबार मात्रै बुण्डेसलिगामा २५०औं गोल पूरा गर्दै नयाँ उपलब्धि हात पारे ।मड्रिडबाट सर्जियो रामोस म्यानचेष्टर सिटीबाट मिडफिल्डर केभिन डे ब्रुएना बार्सिलोनाबाट फरवार्ड लिओनल मेसी तथा युभेन्ट्सबाट क्रिस्टियानो रोनाल्डो परेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस