• २०८३ असार ५ गते शुक्रवार

उर्लाबारीबाट ब्राउन सुगर र गाँजासहित ९ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३, मोरङ । प्रहरीले मोरङको उर्लाबारीबाट ब्राउन सुगर र गाँजासहित ९ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले मंगलबार राती उर्लाबारी नगरपालिका ७ स्थित छोमाई तामाङको घरमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुले ब्राउन सुगर र गाँजा बिक्री वितरण तथा सेवन गरिरहेको सुचनाको आधारमा प्रहरीले छापा मारेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेहरुमा उर्लाबारी ७ स्कुल डाँडाकी २१ बर्षीय ममता तामाङ, बरगाछीका २४ बर्षीय मिलन याक्सो, १९ बर्षीय असिम लिम्बु, उर्लाबारी ९ भोटेपुलका २८ बर्षीय आकाश लिम्बु, झापाको दमक नगरपालिका ७ बजारलाइनका १९ बर्षीय ससिन सेख, दमक ४ सिर्जना टोलका ३० बर्षीय सुमन सुनुवार, मोरङकै रतुवामाइ नगरपालिका ८ का २२ बर्षीय रुमपमान केदेम (लिम्बु), रतुवामाई १० सातमेडीका १९ बर्षीय एञ्जिल मगर र रतुवामाई ९ इटहराका २५ बर्षीय मञ्जिल बस्नेत रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुको साथबाट ४ ग्राम ७२७ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ भने १८४ ग्राम २३० मिलिग्राम गाँजा पनि फेला परेको छ । साथै, उनीहरुले प्रयोग गर्ने ५ वटा मोटरसाइकलहरु पनि नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस