• २०८३ जेष्ठ २१ गते बिहिवार

दाङ प्रहरीले घोराहीबाट लाखौं नगदसहित ७ जुवाडे पक्राउ

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३, दाङ । दाङ प्रहरीले घोराहीबाट ७ जना जुवाडेहरुलाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ गरेका जुवाडेहरुको साथबाट साढे दुई लाख रुपैयाँ भन्दा बढी रकम समेत बरामद गरेको हो।

पक्राउ पर्नेमा जुवाखालका मालिक घरधनी घोराही उपमहागनरपालिका वडा नं १६ मुनाटोलका ४४ वर्षीय गोपाल भनिने पूर्णराज भण्डारी, ४० वर्षीय शिवराज भनिने प्रेमराज भण्डारी, २८ वर्षीय विवेक भण्डारी, ३६ वर्षीय तेजप्रसाद गिरी, ३८ वर्षीय डम्मर डिसी, घोराही १७ का ३४ वर्षीय किशोर बुढा मगर र २७ वर्षीय अजय भुसाल रहेका छन्।

दाङ प्रहरीका अनुसार उनीहरूको साथबाट दुई लाख ६८ हजार तीन सय १५ रुपैयाँ नगद, खोलिएको ६ गड्डी तास बरामद गरिएको छ। प्रहरीले विशेष सूचनाका आधारमा छापा हानी उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका विरूद्ध जुवा ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको दाङ प्रहरी प्रमुख एसपी गणेश चंन्दले जानकारी दिनुभएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस