मंसिर ३, बाँके । नेपालगन्जको बिपी चोकस्थित एक कपास गोदाममा भीषण आगलागी भएको छ । बिपि चोकस्थित मोहम्मद हुसेनद्वारा संचालित न्यु स्टार सिरक सप्लायर्सको कपास गोदाममा आगलागी भएको हो ।

राती ८ बजेदेखि लागेको आगो नियन्त्रण गर्न नेपालगन्ज उपमहानगरपालिका र नेपालगन्ज विमानस्थलको गरी दुईवटा दमकलको सहयोग लिइएको थियो । आगलागी नियन्त्रणका लागि बाँकेका प्रजिअ रामबहादुर कुरुम्बाङ, प्रहरी उपरीक्षक ओमबहादुर राना, नेपाली सेनाका कर्नेल नकुल थापा आफै उपस्थित भएर आगो नियन्त्रणका लागि प्रयास गरेका थिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणका लिइएको थियो ।