• २०८३ असार १९ गते शुक्रवार

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११४ जना पुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २,काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ११४ पुगेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा काभ्रे, मोरङ, नवलपरासी, धनुषा, बाके र कास्कीका १/१ जना पुरुष तथा तनहुँकी एक महिलाको रहेको छ ।

नेपालमा बितेको २४ घण्टामा देशभर १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या २८ हजार २५७ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस