भाद्र २, कास्की । पोखराका १५ जनासहित गण्डकी प्रदेशका विभिन्न ठाउँमा थप २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सोमबार राति १७ जना र मंगलबार बिहान ८ जना गरी गण्डकी प्रदेशका ६ जिल्लामा २५ जना संक्रमित थपिएका हुन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ११ जना र क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा ६ जना गरि १७ जनामा कोरोना संक्रमण देखिएइको हो । संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लाने तयारी भइरहेको छ ।
