बैशाख ६, काठमाडाैं । विदेशबाट आउनु भएका र कोरोना सम्बन्धी र्यापिड डाइग्नेष्टिक टेष्ट परिक्षण गर्न छुट्नु भएका महानुभावहरुलाई तारकेश्वर नगरपालिकामा दाेश्राे चरणमा र्यापिड डाइग्नेष्टिक टेष्ट गर्ने भएकाे छ ।
तारकेश्वर नगरपालिकाले बैशाख ९ गते मंगलबार नगरपालिकाको स्थित ६ नं. वडाको धर्मस्थली स्वास्थ्य चौकीमा र्यापिड डाइग्नेष्टिक टेष्ट परिक्षण हुने जनाएकाे छ । केही छुट्नु भएको छ भने आफ्नो वडाको स्वास्थ्य चौकीमा नाम दर्ता गराई परिक्षणको लागि धर्मस्थली स्वास्थ्य चौकीमा आउनुहुन समेत नगरपालिकाले अनुरोध गरेकाे छ ।