• २०८३ जेष्ठ २७ गते बुधवार

क्षमताभन्दा बढी यात्रु बोक्न निषेध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ५, काठमाडौं । यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गरेर उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले प्रत्येक दिन सञ्चालन गर्नुअघि समय-समयमा ‘डिसइन्फेक्सन’ गर्नुपर्ने निर्णय गरेको छ ।

सार्वजनिक सवारीलाई संक्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर मात्रै सञ्चालन गर्नुपर्ने भएको छ । सार्वजनिक सवारीसाधनहरुमा सिट क्षमताभन्दा बढी यात्रु ओसरपसार नगर्न र नगराउन यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय पनि भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस