चैत ५, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बिहीबारदेखि हुन लागेको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी गराएका थिए ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले एइईई परीक्षा रोक्ने निर्णय गरेको जानकारी दिए । अब परीक्षा कहिले हुने भन्नेमा भने सरकारले केही बताएको छैन ।