• २०८३ बैशाख २० गते आइतवार

पैसा लिई ट्रायल पास गराईदिन्छु भनी ठगी गरेको अभियोगमा पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ६, भक्तपुर । पैसा लिई ट्रायल पास गराई दिन्छु भनी ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-३ घर भई काठमाडौं शंखमुल बस्ने ५० वर्षीय केशव बहादुर श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मध्यपुर थिमी नगरपालिका-९ राधेराधेमा रहेको इजी वे ट्रायल सेन्टरमा सवारी साधनको लाईसेन्स निकाल्न आउने व्यक्तिहरुसँग पैसा दिए ट्रायल पास गराई दिन्छु भनी ठगी गर्दै हिँडेका उनलाई महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस