श्रावण २, सुनसरी । कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत एक जनाको मृ’त्यु भएको छ । सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको मृ’त्यु भएको हो ।
मधुमेह, उच्च रक्तचाप र मुटु रोगको उपचारका लागि भर्ना भएका वृद्धको उपचारका क्रममा बुधबार नै स्वाब संकलन गरिएको थियो । बिहीबार कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनलाई आइसोलेसनमा भर्ना गरिएको थियो । आइसोलेसनमा उपचारका क्रममा बिहीबार नै मृ’त्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए । यससँगै नेपालभर कोरोनाबाट मृ’त्यु हुने व्यक्तिहरुको संख्या ४० पुगेको छ ।