असार ३, पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुनवल वडा नं १ मा सुनौलो हजार दिन सम्मका वालवालिकाका आमाहरुलाई बिभिन्न तरकारीका बिउबिजन बितरण गरिएको छ । सुनवल नगरपालिकाको आर्थिक बर्ष २०७६/०७७ को कार्यक्रम अन्तर्गत सुनवल वडा नम्बर १ वडा कार्यालयले वडा भित्रका ३० जना आमाहरुलाई बहु क्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत बिभिन्न तरकारीको बिउबिजन उपलब्ध गराइएको वडा सदस्य मनबहादुर थापा मगरले जानकारी दिनुभएको छ ।
वालवालिकाको शारिरिक तथा मानसिक बिकासका लागि पोषण युक्त खानपानको आवश्यकता रहेकाले त्यसको कमि हुन नदिन हिउदे सिमि, कार्तिके बोडी, गाजर, मुला, पालुङ्गो , राय साग लगायतका बिउ बितरण गरिएको हो । सोहि अवसरमा ३० थान हजारी पनि बितरण गरिएको वडा सदस्य थापाले जानकारी दिनुभयो । कार्यक्रममा वडा अध्यक्ष बिन प्रसाद बुढाथोकी, कार्यपालिका सदस्य शान्ता भन्डारी, पुनम बि क, वडा सदस्य मन बहादुर थापा मगर, बाल कुमारी परियार, युद्ध जंग जिसि , कृषि शाखा प्रमुख सन्तोष कंडेल, गौमया बुढा, पुरन चौधरी लगायतको उपस्थिति रहेको थियो ।