असार ३, सुनसरी । प्रहरी हुँ भन्दै स्थानीय व्यापारीसँग पैसा असुल गरेको अभियोगमा हरिनगर गाउँपालिका-५ बस्ने २३ वर्षीय असरार अहमद मियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
हरिनगर गाउँपालिका-२ स्थित सडकखण्डमा स्थानीय व्यापारीहरुलाई अहमद मियाले घुमुवा प्रहरी हुँ भन्दै डर त्रास देखाइ गैह्रकानूनी तवरले रकम असुली गरेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । अहमद मिया उपर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।