• २०८३ बैशाख १६ गते बुधवार

गोरु काटेको अभियोगमा ७ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
बैशाख  ५, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-५ मयांखुबाट गोरु काटेको अभियोगमा सोही ठाउँ बस्ने लिला बहादुर खड्का समेत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा गोरु का टेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीले उनीहरुलाई गोरु काटिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस