• २०८३ जेष्ठ ६ गते बुधवार

प्रदेश २ को नाम ‘जानकी’ र ‘मिथिला भोजपुरा’ दुबै प्रस्ताव अस्वीकृत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र ४, जनकपुरधाम । प्रदेश नम्बर २ को नाम ‘जानकी’ र ‘मिथिला भोजपुरा’ राख्ने प्रस्ताव अस्वीकृत भएको छ । देश प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेशको नाम जानकी राख्ने प्रस्ताव गरेको थियो  भने प्रदेश सभाको प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशको नाम मिथिला भोजपुरा राख्ने प्रस्ताव गरेको थियो । तर, नेकपाको प्रस्तावको पक्षमा ३७ मत मात्रै खसेको भने कांग्रेसको प्रस्तावको पक्षमा २८ मत मात्रै खसेको छ ।

प्रदेशसभामा रहेका कूल सदस्य संख्याको दुईतिहाई बहुमतले मात्रै प्रदेशको स्थायी राजधानी र नाम तोक्ने संवैधानिक व्यवस्था छ । प्रदेश नम्बर २ को प्रदेशसभामा कूल सदस्य संख्या १ सय ७ मध्ये दुईतिहाई बहुमत जुटाउनका लागि ७२ मत चाहिन्छ । प्रदेश सभामा नेकपाका ३२ सांसद छन् भने नेपाली कांग्रेसका १९ जना मात्रै सांसद छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस