• २०८३ भाद्र २९ गते सोमवार

घुस रकम सहित असिष्टेन्ट सव इन्जिनियर पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ५, भोजपुर । भोजपुर जिल्ला आमचोक गाउँपालिकामा कार्यरत असिष्टेन्ट सव(इन्जिनियर (करार) बिष्णुकुमार राई घुस रकमसहित अख्तियारले पक्राउ गरेको छ ।

उनले हायुखोला खानेपानी योजनाको बिल फरफारक गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीबाट रु. ५,००० घुस लिइसकेको अवस्थामा पकउ गरेको हो । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनलाई उक्त रकम सहित आमचोक गाउँपालिका वडा नं. ७ हर्दिलाबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस