फागुन ५, दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकामा डोजर दुर्घटना भएको छ । गाउँपालिकाको वडा नं ६ को भम्क नजिकै सडक खन्नेक्रममा आज विहान ५ बजे दुर्घटना भएको हो । दुर्घटनामा परि दुईजना घाइते भएका छन् ।
डोजर बिस मिटर तल रुखमा अड्किएको सडक विभाग अन्तर्गतको ठाटीकाँध–स्याउँलेकाँध जोड्ने हुलाकी सडक खन्ने क्रममा गाउँपालिकाका वडा नं –६ भम्क स्थित पिपल चौतारा भन्ने ठाउँ नजिकै सोमबार बिहान ५ बजेतिर दुर्घटना भएको हो ।
अँध्यारो समयमा सडक खन्दा चिप्लियर सडक भन्दा करिब २० मिटर तल रुखमा अड्किएको वडा नं ६ का वडा अध्यक्ष मन बहादुर सिजापतिले बताए ।
दुर्घटनामा डोजर चालक गुराँस गाउँपालिका–३ का ५४ बर्षिय विकास मल्ल र सोही गाउँपालिका –५ का २३ बर्षिय नरेश कुमार भण्डारी सहचालक सामान्य घाईते भएका छन् ।
उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा उपचारपछि डिस्चार्ज भईसकेको सिजापतिले बताए ।