• २०८३ असोज २६ गते सोमवार

माछापुच्छ्रे बैंक र एमएडब्लु अर्थमुभर्सबीच सम्झौता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १, काठमाडौँ। माछापुच्छ्रे बैंक र एमएडब्लु अर्थमुभर्स ग्राहकहरूले जेसिबी ब्रान्डका हेभि इक्युपमेन्ट खरिदमा बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा एमएडब्लु अर्थमुभर्सको तर्फबाट अध्यक्ष विष्णुकुमार अग्रवाल र माछापुच्छ्रे बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन ।

सम्झौताअनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरूमार्फत र एमएडब्लु अर्थमुभर्सका देशभर रहेका डिलरबाट जेसिबी ब्रान्डका नयाँ हेभि इक्युपमेन्ट खरिद गर्न चाहने ग्राहकहरूलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस