असोज ३०, भक्तपुर । कोरोनाबाट नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल मध्यपुर थिमिमा एक महिलाको मृत्यु भएको छ । अस्पताल प्रशासन प्रमुख रुपेश श्रेष्ठका अनुसार भक्तपुर नगरपालिका–८ लिवालीकी ७४ वर्षीया महिलाको उपचारकै क्रममा बिहीबार साँझ मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भएर बुधबार अस्पताल भर्ना भएकी ती महिलाको पीसीआर परीक्षण गर्दा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ जना पुगेको छ ।