• २०८२ असार ५ गते बिहिवार

कुहुडामा पहिरो आवत जावत बन्द, दुई घर पहिरोको उच्च जोखिममा

राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ३२ , बाजुरा । गौमुल गाउपालिका २ मल्लोदुगनको कुहुडामा पहिरो गएपछि आवत जावत बन्द भएको छ । पहिरोले गौमुल गाउपालिका २ को पौदाली मल्लोदुनका स्थानीलाई जिल्ला सम्म भन्दा पनि वडा कार्यालय सम्म जाने बाटो नभएको स्थानीय चक्र रोकायाले जानकारी दिए ।

स्थानीय रोकायाले दिएको जानकारी अनुसार हिजो राती देखी अत्याधिक रुपमा पहिरो जान सुरु भएको र बिहान सम्म बाटो समेत भत्किएकोले आवत जावत नै नहुने अवस्था आएको बताउनुभयो । पहिरोले कुहुडामै रहेका २ घर निकै जोखिममा रहेका छन् ।

उक्त दुई घरको सामान अर्कातिर लिने काम भईरहेको स्थानीय खडक धामीले बताउनुभयो । केही बालि लगाएकै जग्गा २५ गते रातीको बाढीले बगाएर लग्यो घर पनी उच्च जोखिममा रहेकाले ठुलो समस्यामा परेको स्थानीय धामीले बताउनुभयो । पहिरो बगिरहेको छ आवत जावत गर्न निकै सकस छ अहिले तत्काल त्यहाँका स्थानीयले सुरक्षित स्थानमा बस्न गौमुल गाउपालिका २ का वडा अध्यक्ष चक्रबहादुर बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस