• २०८३ बैशाख ४ गते शुक्रवार

पूर्वसभामुख महराद्धारा जिल्ला विपद् व्यवस्थापन कोषमा १ सय बोरा चामल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ४, दाङ । पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला विपद् व्यवस्थापन कोषमा १ सय बोरा चामल सहयोग गरेका छन । बिहीवार महराका स्वकीय सचिव प्रमोद शर्माले प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई उक्त चामल प्रदान गरेका हुन ।

पूर्वसभामुख तथा दाङ क्षेत्र नं २ दाङका सांसद महराले पहिलो चरणमा जिल्लामा रहेका विपन्न तथा ज्यालादारी मजदूरहरुको लागि जिल्ला विपद व्यवस्थापन कोषमा १ सय बोरा चामल उपलव्ध गराएका हुन । लकडाउनको समयमा विपन्न परिवार, ज्यालादारी गर्ने मजदूर, एकल महिला, सुत्केरी महिलाहरुलाई जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यकताअनुसार वितरण गर्ने बताइएको छ । ‘कोरोना संक्रमणले यतिबेला मुलुकलाई छोएको मात्र छ’, महराले भन्नुभयो, ‘भोलि महामारीले झनै उग्ररुप लिन पनि सक्छ । त्यसकारण म अब दोस्रो चरणका लागि पीपीई, मास्क, औषधि, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री जुटाउने अभियानमा छु ।’

Sharing

प्रतिक्रिया दिनुहोस