• २०८३ असोज २७ गते मङ्गलवार

जो बाइडेन अमेरिकाको राष्ट्रपतिमा विजयी भएको औपचारिक घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३०, काठमाण्डौ । अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरूले राष्ट्रपतीय चुनावमा जो बाइडेनको जित भएको पुष्टि गरेका छन् । योसँगै अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको जितले औपचारिकताको अन्तिम चरण पूरा गरेको छ ।

अब बाइडेनको जितले आधिकारिकता पाएको छ । गएको नोभेम्बर ३ मा भएको चुनावमा बाइडेनले ३०६ इलेक्टोरल मत पाउनु भएको थियो । राष्ट्रपतिमा निर्वाचित बाइडेनले अब आउँदो जनवरी २० तारिखमा राष्ट्रपतिको शपथ लिनु हुनेछ

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २३२ इलेक्टोरल कलेज मत पाउनु भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस