मंसिर २९ मुगु । देशमा संघियता आएको करिब ३ वर्ष बित्यो । यो अवधिमा यहाका प्रदेश, सरकार, स्थानीय सरकारले विकास निर्माणमा उल्लेखनिय फड्को नमारेता पनि विकासको मुहार भने फेर्न पाएको यहाका स्थानीयको कथन रहेको छ । भोट दिएर विकासको लर्को लाउछु भन्ने यहाका स्थानीय सरकार काहि कतै उछिटिएर विकासमा पाईला सारेका छन् ।

चुनावका बेला गरेका बाचा, कसमहरु केही मात्रामा पुरा भएका छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, विद्युत, सञ्चारमा स्थानीय सरकारका प्रायः पहिलो प्राथमिकतामा पारेका छन् । यति डल्लो विकास निर्माणका कामहरु जुन अघि सारेका छन् । तिनिहरुको आधा प्रतिशत मात्र रहेको देखिन्छ । कतै कृषि, कतै, पर्यटन, कतै सञ्चार र कतै विद्युत सेवामा यिनिहरुले पाईला सारेको देखिन्छ । जुन उद्देश्य बमोजिम राखेका प्रस्ताव , विकासका कामहरुमा दर्जनौ योजनाहरु छनौट गरेका हुन्छन् । तर अन्तिममा एउटा मात्र योजना धौ धौ गरि सम्पन्न गरेको तपाई हामिले देखेका छौ ।

यस्तै एक उदाहरण जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुमकार्मारोग गाउपालिकाको वडा नं ०९ चिमाथमा रहेको छ । सदियौ देखि बत्तिको उज्यालो देख्न नपाएका चिमाथ बासिले बल्ल बल्ल तानतुन गरि उज्योलो देख्न पाएका छन् । राजनितिक विवादका बाबजुत पनि त्यहाका स्थानीयले उज्योलो देख्न पाएका हुन । सो बस्तिमा , प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेस र नेकपाको बस्तिरहेको छ । सो बस्तिमा राजनितिक विवाद लाई मध्येनजर गरेर पनि त्यहाका स्थानीयहरु ले विद्युत बाल्न सफल भएका छन् ।
जम्मा २ सय २५ घरधुरी रहेको सो बस्तिमा ३५ घरधुरी नेकपा आस्थावानका रहेका छन् भने अन्य नेपाली काग्रेसका आस्थावान रहेका छन् । उनीहरुको विवादका बिच पनि ज्येनतेन बत्ति बालेरै छाडे प्रमुख प्रतिपक्षले । सो बस्तिमा २ सय बढि घरधुरी रहेका छन् । अहिले ति सबै बस्तिहरुमा विद्युतले झिलिमिलिमय गाउनै बनेको छ । जम्मा १७ किलो वाट क्षमता भएको विद्युत चिमाथ गाउ मात्र नभई अन्य छाईला चौर , र माग्रीं सम्म विद्युत सेवा आपुर्ति गर्ने गाउको लक्ष्य रहेको छ । शनिवार एक कार्यक्रमका बिच घाँसे ओडार लघु जलविद्युत आयोजना मुगुमकार्मारोगं गाउपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामा र जिल्ला समन्वय समितिका प्रमुख पुर्ण बहादुर रोकायाले सयुक्त रुपमा सो विद्युत गृहमा बत्तिको सुईज दवाई र रिबन काटेर उद्धघाटन गरे ।
उद्धघाटनकै क्रममा गाउपालिकाका अध्यक्ष लामाले भने विद्युत बल्नु मात्र ठुलो कुरा होईन , विद्युत लाई कसरी सहि सदुपयोग गर्न त्यो ठुलो कुरा रहेको जानकारी दिए । विद्युत लाई सहि सदुपयोग गर्न नसके मानिसको जिवन खतरमा रहेको उनले संकते गरे । त्यो भएर अध्यक्षले विद्युत बाल्न लाई सहि ढंग बाट बाल्न उनले सुझाव दिए ।
१ करोड बढि लागतमा बल्यो विजुली
चिमाथ गाउमा रहेको घाँसे ओडार लघु जल विद्युत आयोजनाको १७ किलोवाट विद्युतमा करिब १ करोड बढि लागतमा बत्ति निर्माण भएको छ । जसमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको ८१ लाख , ९१ हजार ६ सय ३ रुपैयाको आर्थिक सहयोगमा विद्युत बलेको छ भने त्यस्तै कार्मारोगं गाउपालिका बाट १४ लाख रहेको छ भने जनश्रमदान बाट ४५ प्रतिशत रहेको घाँसे ओडार लघु जलविद्युत उपभोक्ता समितिका अध्यक्ष विरसिहं बुढाले जानकारी दिए ।
त्यस्तै उद्धघाटनको क्रममा बोल्दै स्थानीय विर्ष बहादुर बढुवालका अनुसार अब समग्र चिमाथ गाउवासि लाई रातमा दिन जस्तै उज्यालो भएको जानकारी दिए । विगतका दिनहरुमा सकि नसकि वन तिर झवरो लिन जान्थेम अब त्यो दिन पनि हटेको बताए । झरो बाल्दा यति मात्र नभई स्वास्थ्य क्षेत्रमा पनि उत्तिकै असर पार्ने जानकारी दिए ।
झरो बाल्ने दिन पनि हटे
मुगुमकार्मारोगं गाउपालिका वडा नम्बर ०९ चिमाथ गाउकि वृद्ध आईतुकला बुढा । उनी उमेरले १ सय वर्ष पुगिन । उनी यति वर्ष पुग्ना समेत उज्यालो को त कुरा परै जावस बत्ति भने नामै नसुनेको बताईन । अघिल्ला दिनहरुमा यस्ता विजु्ली देख्न पाउला भनि कल्पना पनि गरेका थिएन । अहिले घरमै बत्ति बल्दा खुसिको आसु झारिन । बत्ति बले पछि आफु लगायत अन्य गाउका दाजु भाईको स्वास्थ्यमा सुधार आउनुका साथै विभिन्न कार्यमा उत्तिकै टेवा पुग्ने बताईन । म आँखा देख्दिन अध्यारोमा छामछुम गरि बाहिर भित्र गथ्र्ये एक दमै सास्ती खेप्नु पथ्र्यो अब त्यो दिन पनि नरहेको उनले आफ्नो अनुभव सुनाईन ।
बत्ति बले पछि चिमाथ गाउका स्थानीयले बाजागाजा सहित अतिथि लाई स्वागत गर्नुका साथै खुसिको पनि सिमा रहेको थिएन् । कार्यक्रम आईतवार समापन गरिएको छ ।