• २०८३ असोज २१ गते बुधवार

रोमानियाको कोरोना अस्पतालमा आगलागी, १० को मृत्युु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ३०, एजेन्सी । रोमानियामा कोभिड १९ बिरामीहरुको उपचार भइरहेको अस्पतालमा आगलागि हुँदा १० जनाको मृत्यु भएको छ । पियत्रा निम्त शहरस्थित अस्पतालमा कोरोना संक्रमितका लागि तयार गरिएको इन्टेनिसिभ केयर वार्ड हुँदै आगो फैलिएको हो ।

यस वार्डमा १६ जना कोरोना संक्रमितलाई कृतिम भ्यान्टिलेसनमा राखिएको थियो । स्वास्थ मन्त्री निलुु तातारुले विद्युत सर्ट भएर आगो फैलिएको हुनसक्ने बताए । घटनामा अन्य ७ व्यक्तिहरु पनि जलेका छन् । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार व्यवस्थापन निकै खराब रहेको उक्त अस्पतालमा सरकारले नियुुक्त गरेका आठजना व्यवस्थापनकहरुले यो अस्पताल हेर्दै आएका थिए । पियत्रा निम्त रोमानियाको राजधानी बुचारेस्टबाट ३ सय ५३ किलोमिटर उत्तरतर्फ पर्छ ।

यसअघिका व्यवस्थापकले बिरामीको राम्रो उपचार हुन नसकेको भन्दै पदबाट राजिनामा दिएपछि वहालवाला व्यवस्थापक लुुसियन मिकु केवल तीन साताअघि नियुक्त भएका थिए । मिकुका अनुसार बिरामीलाई आगोबाट जोगाउन खोज्ने एक डाक्टर यसक्रममा गम्भिर घाइते भएका छन् र उनको शरीर अत्यधिक जलेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस