असोज २९, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ गरी १९३५ जनामा संक्रमण पुष्टि भएको हो । थप ३७ सय ४९ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आज ३५ सय ६४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८५ हजार ५ सय १८ जना रहेको छ । आज १९ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ६ सय ९४ जना पुगेको छ ।