असोज २९, काठमाडौँ । काठमाडौँको सोह्रखुट्टे फलफुल चोकमा रहेको एक घरमा ग्यास विस्फोट हुँदा चारजना घाइते भएका छन् १० घरमा क्षति पुगेको छ । नीलकुमार क्षेत्रीको घरमा पहिले ग्यास लिक भएको थियो भने पछि विस्फोट भएको काठमाडौं प्रहरी परिसरका एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

उनका अनुसार नजिक रहेका कम्तिमा पनि १० वटा घरमा झ्यालका सिसा फुटेका छन् । विस्फोटमा घाइते भएकाहरुलाई मनमोहन अस्पताल लगिएको छ ।