असोज २९, काठमाडौँ । दिवंगत सांसद सानु पहाडीप्रति सभामुख अग्नि सापकोटाले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन । लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित जनवादी गायिका पहाडीको उपचारकै क्रममा काठमाडौंं मेडिकल कलेजमा बुधबार निधन भएको उनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।

यसैगरी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीको झण्डा ओढाएका छन । नेपाल कम्युनिस्ट पार्टीबाट समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेकी पहाडी २०३६र०३७ सालदेखि नै नेपाली विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानमा सहभागी भएकी थिइन् ।