• २०८३ जेष्ठ २८ गते बिहिवार

उपत्यकामा आज हुने कार्यक्रम

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

श्रावण ३१, काठमाडौं । उपत्यकामा आज हुने कार्यक्रमहरु निम्न रहेका छन ।

१.उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समितीले बालाजुमा भएको गैर न्यायिक सडक बिस्तारको बिरुद्ध रिले अनसन बस्ने ।
स्थान :- बालाजु ।
समय :- ८:०० बजे ।

२.बृहत आध्यात्मिक परिषद विश्व हिन्दू वौद्ध युवा संघको आयोजनामा विभिन्न ब्यक्तिहरूको उपस्थितिमा गोरक्ष एबंम धार्मिक प्रवचन कार्यक्रम हुने ।
स्थान :- मिर्गस्थली पशुपति ।
समय -१०:०० बजे यज्ञ १३:३० बजे प्रवचन ।

३.अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका संयोजक ऐन महर, नेविसंघका सभापति राजिब ढुङ्गाना, अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी, शिक्षाविद विद्यानाथ कोइराला, अविभावक संघका अध्यक्ष धर्म देबकोटा लगायतका व्यक्तिहरूको उपस्थितिमा “कोरोनाको कहरमा नेपाली शिक्षाको आगामी बाटो” बिषयमा अन्तरक्रिया कार्यक्रम हुने ।
स्थान :- संवाद डबली,अनामनगर ।
समय :- ११ः४५ बजे ।

४.स्वतन्त्र विद्यार्थी युनियनले सानोठिमी क्याम्पसको प्रशासन शाखा र आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको ।
स्थान :- सानोठिमी क्याम्पस ।
समय :- २०७७/०४/७ गते देखि जारी ।

५.कुमार लिङ्देन नेतृत्वको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च,लक्ष्मण थारु नेतृत्वको थारुहट राष्ट्रिय मोर्चा,आरके खम्बु नेतृत्वको खम्बुवान राष्ट्रिय मोर्चा लगायतका ९ ओटा ‘पहिचानमा आधारित संघीय गठबन्धमा आबद्ध दल तथा संघ संगठनहरुले आ-आफ्नो पहिचान सहितको ब्यानर प्लेकार्ड सहित विरोध प्रदर्शन गर्ने साथै प्रचारात्मक अभियान,सरोकारवालाहरू संग छलफलसहित बैठक,गोष्ठी र प्रचारप्रसार गर्ने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।

६.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।

Sharing

प्रतिक्रिया दिनुहोस