• २०८३ जेष्ठ २३ गते शनिवार

सरिता गिरीको सांसद पद निलम्वन हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ । नेपालको गुमेको भूमि लिम्पियाधुरा, लिपुलेक तथा कालापानीसहित समेटेर सरकारले ल्याएको नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको समाजवादी पार्टी एक नेताले बताए ।

गिरीले पार्टीको ह्वीप नमानेकाले स्वतः कारवाहीमा परेको ती नेताले बताएका छन । पार्टीकी नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिकतर्फकी सांसद हुन । पार्टी नेताहरु उपेन्द्र यादव बिराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा भएकाले दुबै नेता काठमाडौँ फर्कनासाथ पार्टीको साधाराण सदस्यबाट समेत हटाइने र सांसद पद स्वतः निलम्वनको जानकारी संसदलाई गराइने स्रोतले बतायो ।

Sharing

प्रतिक्रिया दिनुहोस